गेष्टहाउसमा भालुको पित्त भेटियो

गेष्टहाउसमा भालुको पित्त भेटियो

बाँकेको नेपालगंजस्थित एक गेष्ट हाउसबाट रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना समातिएका छन् ।

प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तुसहित ३ जना शनिबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र दाङकै शान्तिनगर गाउँपालिका-१ का २९ वर्षीय रोबिन बुढा छन् ।

गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सुराकका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले झोलामा लुकाई राखेको अवस्थामा रेडपाण्डाको छाला र भालुको पित्त फेला पारेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू