कागजमा पैसा दिंदा प्रहरी खोरमा

कागजमा पैसा दिंदा प्रहरी खोरमा

ड्युटीमा रहेका प्रहरीलाई घुस दिने एकजना पक्राउ परेका छन् । सिन्धुलीको खुर्कोट बजारमा ड्युटीमा खटिएका प्रहरीलाई २ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा शनिबार राति महोत्तरीको बर्दिबासका कुजर अली समातिएका हुन्।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.१२ च १६८२ नम्बरको गाडी प्रहरी चेक पोइन्टमा ईन्ट्री गर्न आउँदा भेटनरी कागजभित्र नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू