दुर्गाको घरबाट तासको खालमा बसेका ६ भाइ समातिए

दुर्गाको घरबाट तासको खालमा बसेका ६ भाइ समातिए

नुवाकोटको बिदुर नगरपालिका-८ राईसिंहबाट तासमा मस्त ६ जना ठाउँको ठाउँ समातिएका छन् । शनिबार तासमा मस्त उनीहरुलाई नुवाकोट प्रहरीले दुर्गा अधिकारीको घरबाट पक्राउ गरेको हो ।

समातिनेमा बिदुर-१३ का ३८ वर्षीय दिनेश खड्का लगायतका छन् ।

तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित उनीहरुलाई खालबाटै पक्रिएको हो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू