देखियो शीतलनिवासमा एउटा दारुण दृश्य

शीतलनिवासमा हिजो मंगलबार राष्ट्रपतिले प्रेस काउन्सिल– सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिनसक्दै दुवै मिर्गौला फेल भएकी दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममता झण्डै बेहोस भइन् । अस्पतालको स्ट्रेचरमै राखेर बेडबाट सीधै राष्ट्रपति भवन पु¥याइएकी उनलाई ब्यथाले च्यापेपछि हतारहतार अस्पतालतिर कुदाइयो । तर त्यहाँ उनको उपचार कसरी भैरहेको छ र के–के समस्या छन् भन्नेबारे न उद्घोषक बोले न दर्जनौंको संख्यामा उपस्थित पत्रकारले नै सोधखोज गर्न भ्याए ।

प्रेस काउन्सिलद्वारा आयोजित एक समारोहबीच सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो महिना बितेका कञ्चनपुरका पत्रकार कर्ण बोहराकी पत्नी ममता र ललितपुरका सञ्जय न्यौपानेकी पत्नी राधिकालाई जनही २ लाख ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिन् । गत कार्तिक र मंसिरमा निधन भएका दुवै पत्रकारका पत्नीमध्ये किड्नीपीडित ममताको अवस्था यति दयनीय थियो कि पुरस्कार लिन स्टेजसम्म जान सकिनन् । समारोहमा सूचना तथा सञ्चारमन्त्री राम कार्की, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत दर्जनौंको उपस्थिति थियो । तर जनआस्थाले फेलापा¥यो त्यस्ता तथ्य जो हालसम्म बाहिर आएका छैनन् ।

दुवै मिर्गौला खराब भएकी ममताको विवाह दर्ता भए पनि त्यसमा प्राविधिक त्रुटि रहेछ । माइती नेपाली मूलका भारतीय भएकाले नागरिकतासमेत छैन । हमेशा अस्पतालको आइसियुमा राख्नुपर्ने ममतालाई पत्रकार महासंघको पहलमा हाल नागरिकता बनाउने प्रक्रिया अगाडि बढाइएको छ । नागरिकतालगायत कानुनबमोजिम चाहिने कतिपय कागजात नहुँदा किड्नी दिने दाता फेला पर्दासमेत उपचार पूरा गर्न नसकिएको भेनस अस्पतालका म्यानेजर ओम भण्डारीले बताए ।

– अम्बिका भण्डारी

टिप्पणीहरू