महामारीमा जुवाडेको चर्तिकला, भक्तपुरमा मात्रै २७ जना पक्राउ

महामारीमा जुवाडेको चर्तिकला, भक्तपुरमा मात्रै २७ जना पक्राउ

पछिल्लो २४ घण्टामा भक्तपुर र कास्कीमा जुवामा मस्त भएका ३१ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–७, नगदेश तथा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट मात्रै २७ जना पक्राउ परेका हुन् ।

नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ जना २ लाख ६४ हजार १ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ परेका हुन् । उता कटुन्जेको गणेश हिलस्थित स्थानीय ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ जना जुवाडे १ लाख २१ हजार ६ सय रुपैयाँ र ७ बुक ताससहित खालबाटै समातिएका हुन् ।

उता, कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारस्थित मेघधोज राईको छिन्त्याङ रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा पोखरा–१० का ४८ वर्षीय श्यामकाजी श्रेष्ठलगायत ४ जना पक्राउ परेका छन् ।

महामारीमा रेष्टुरेण्टमा तास खेलिरहेका उनीहरूलाई प्रहरीले नगद ४८ हजार २ सय ४० रुपैयाँसहित पक्राउ गरेको हो ।

टिप्पणीहरू