नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबार छिरे,अव बार्ता हुने

नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबार छिरे,अव बार्ता हुने

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक भर्खरै शुरु भएको छ । नेपालपक्षीय कार्यदलका सदस्यहरु बरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर गएका कारण बैठक ढिलो गरी शुरु भएको हो ।

कार्यदलका सदस्य गोकर्ण बिष्टले आफूहरु भर्खरै सिंहदरबार छिरेको र अब वार्ता शुरु हुने जानकारी दिनुभयो । ‘हामी भर्खरै सिंहदरबार छिर्यौं । अब बैठक शुरु हुन्छ। पछि कुरा गरौँला’, उहाँले भन्नुभयो ।

यसअघि बैठकका लागि सिंहदरबार पुगेका कार्यदलका सदस्यहरु त्यहीँबाट कोटेश्वर हान्निएका थिए । उनीहरु कोटेश्वरबाट फर्किएसँगै वार्ता शुरु भएको हो ।

कार्यदलको हिजोको बैठकले पार्टी एकताका लागि सहमति जुटाएको र आज त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने भनिएको थियो । तर,पावर सेयरिङमा कुरा नमिलेका कारण नेता नेपाल सहमतिका लागि तयार नभएको बुझिएको छ । त्यसबारे छलफल गर्न कार्यदलका सदस्यहरु कोटेश्वर पुगेको बताइन्छ ।

आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा नेपालले अदालतको फैसलालाई प्रभावित हुने गरी कुनै सम्झौता नहुने बताउनुभएको थियो ।

टिप्पणीहरू