बाँदर कविता

बाँदर कविता

कोमल वली र खड्ग ओलीबीचको सम्बन्ध सबैलाई थाहा छ । खड्ग ओलीकै बलले कोमल वली सांसद बन्न पाउनुभएको थियो । त्यसैले जहाँ गए पनि उहाँ खड्ग ओलीको गुण गाउन पछि पर्नुहुन्न ।

तर हालै मात्र राष्ट्रिय सभामा उहाँले वाचन गर्नुभएको एउटा कविता सुनेर म भने छक्क परेँ । उहाँले खड्ग ओलीलाई त पूरा बाँदरै बनाएर कविता कोर्नुभएको रहेछ । खड्ग ओलीले गर्नुभएको जम्मै कामलाई बाँदरले गर्ने काम भन्दै ओलीलाई पूरै ‘बाँदरीकरण’ गर्नुभएछ ।

कवितामा भनिएको छ, बाँदरले आफ्नो घर बनाउँदैन, अर्कालाई पनि बनाउन दिँदैन । यो प्रस्टै छ, प्रधानमन्त्री खड्ग ओलीले आफूले पनि संसद् नचलाउने र अरूलाई पनि चल्न नदिने जुन काम गर्नुभयो, त्यसैलाई व्यंग्य गरी लेखिएको हो ।

त्यस्तै कविताको अर्को लाइनमा भनिएको छ, बाँदरले मात्र कहिले ढेडुको संगत गर्छ, कहिले ……. को संगत गर्छ । प्रम खड्ग ओलीले पनि कहिले माओवादीसँग संगत गर्ने, कहिले जसपासँग हात मिलाउने काम गर्नुभएको थियो । सायद कवितामा ढेडु भनेर राजेन्द्र महतोलाई भनिएको होला जोसँग खड्ग ओलीले हालै मात्र संगत गर्नुभएको थियो ।

त्यस्तै कवितामा अरु पनि धेरै लाइन छन् जसले प्रधानमन्त्री खड्ग ओलीलाई पूरै बाँदर बनाइदिएको छ । कोमल वली त खड्ग ओलीकै गुटको हुनुहुन्थ्यो । तैपनि किन खड्ग ओलीलाई बाँदर कि बाँदर भनी कविता लेख्नुभएको होला ?

टिप्पणीहरू