बालुवाटारमा यस्ताको बास

पहिला प्रकाशपछि रमेश मल्ल र रामदीप आचार्यहरु बालुवाटारका हर्ताकर्ता थिए । अहिले पूर्ण कार्कीको चुरिफुरी बढेपछि विशेषतः सैन्य फाँटबाट आएका माओवादी बढी सशंकित छन् । वैद्य हुँदै विप्लवको पार्टीसमेत चाखेर प्रचण्डतिरै फर्किएका रामदीपले केही समयअघि हेडक्वार्टरमा भनिसकेका छन्, ‘बरु बदाम बेचेर बसिन्छ, यस्ता दलालको झुण्डमा फसिँदैन !’

पूणृ ०६४ सालमा कम्प्युटर टाइप गर्न विकेश श्रेष्ठमार्फत बालुवाटार छिरेका हुन् । ‘सचिवालयभित्र सुराकी छि¥यो’ भन्ने हल्ला चल्न थालेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले निकाल्न अनेक कोसिस गरे । तर, नसकेपछि ‘मेरो छेउमा आउन नदिनु’ भन्ने निर्देशन दिएका छन् ।

माओवादी शान्तिप्रक्रियामा आउनुअघि कांग्रेस चिन्तक प्रदीप गिरीका लेखहरु टाइप गर्ने जागिरै खाएका रहेछन् पूर्णले । घर रामेछाप हो । काठमाडौंमा बबरमहल बस्छन्, कार्की प्रेससँगै । त्यही घरमा प्रमपुत्री रेणु दाहाल पनि बस्छिन् । त्यो घर बाबुरामहरूको नयाँशक्तिको अफिस पछाडि छ । शान्तिप्रक्रियामा आएर माओवादीको प्रचार फाँट बाबुराम भट्टराईले हेर्न थालेपछि उनले द्वन्द्वकालीन समयमा माओवादी प्रचार संयन्त्रका अगुवा महेश्वर दाहाल र गोविन्द आचार्यलाई सिरहा र प्युठानको भूगोलमा खटाए । र, यता  मनऋषि धितालले जनादेश निकाल्ने जिम्मा पाए । त्यसका लागि कम्प्युटरमा काम गर्ने मान्छे खोजिँदा भेटिएका हुन्, पूर्ण ।

पुष्पकमल ०६४ प्रम बन्दा स्वकीय सचिव रहेका विकेश श्रेष्ठलाई एउटा टाक्कटुक्क कम्प्युटरको काम गरिदिने मान्छे चाहिएको थियो । मनऋषिले ल्याएको भनेपछि ‘राम्रै मान्छे होला’ भन्ठानेर विकेशले आफूभन्दा मुनि स्वकीय सचिवको चिठी दिलाए । सरकारबाट हटेपछि पूर्ण काठमाडौंका नेता तथा पुष्पकमलका भाइ नारायण दाहालहरुसँग नजिक भए । नेवाः राज्य कमिटीअन्तर्गत प्रचार फाँटमा काम पाए । अहिले फेरि स्वकीय सचिव छन्, नारायण दाहाल र रेणुहरुको जोडबलमा । प्रचण्डले पिएको मदिराको ब्राण्ड र मात्रासमेत अन्यत्रबाट सुन्नुपर्ने स्थिति भएपछि सिंहदरबारमा बसेर सल्लाहकार र स्वकीय सचिवहरुले निकालेको निष्कर्ष हो, ‘यता र उता बराबर दौडिने जो हो, यस्तो काम गर्ने पनि त्यही हो !’

–मनोज थापा

टिप्पणीहरू