रगत दिँदै वाइसिएल

रगत दिँदै वाइसिएल

नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालले रक्तदान कार्यक्रम गरेको छ ।

वाइसीएलको काठमाडौ महानगरपालिका-१४ नं वडा कमिटीले कलंकी मन्दिर परिसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

वाइसीएलका काठमाडौ जिल्ला संयोजक शिव शर्मा,काठमाडौ महानगरपालिका-१४ का ईन्चार्ज अनिल दवाडीलगायत करिब दुई दर्जनको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

आयोजकका अनुसार कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

टिप्पणीहरू