बच्चा रुवाएर विजेता

टोकियोअन्तर्गतको आसाकुसा जिल्लास्थित सेन्सोजी मन्दिरमा नाकिजुमो पर्व मनाउन करिब ३० हजारको भीड जम्मा भइरहेको थियो । एकछिनपछि रंगीन लुगा लगाएका निर्णायक ‘रुवाउनु, रुवाउनु’ भनी चिच्याए । लगत्तै दुईजना सुमो पहलमान साना बच्चा बोकेर मञ्चमा प्रवेश गरे । आ–आफ्नो बच्चालाई घुँघुँ कराएर, काउकुती लगाएर, तर्साएर, चिमोटेर रुवाउने कोसिस गरे । चार सेकेण्डभित्र जसले रुवाउन सकेनन्, ती खेलाडी आउट हुँदै गए । बच्चालाई जसले छिटो रुवाउन सक्छ, उही विजेता बन्ने यो अनौठो पर्व जापानमा पाँच सय वर्षदेखि चल्दै आएको छ । बच्चा रोएमा भूत भाग्छ र बच्चा निरोगी बन्छ भन्ने विश्वास छ । प्रतियोगितामा १ सय जना सुमो पहलमानले भाग लिएका थिए ।

टिप्पणीहरू