कुकुरजस्तो प्रेमी

गत महिना चिनियाँ प्रान्त फुजियानको फुचाउ नगरमा अनौठो दृश्य देखियो । व्यस्त सडकमा हाइहिल जुत्ता र नीलो लुगा लगाएकी एउटी युवती बाटो काट्न तम्सिँदै थिइन् । उनले आफ्नो प्रेमीलाई कुकुरजस्तै सिक्रीले तानेर ल्याइरहेकी थिइन् र प्रेमी बफादार कुकुरसरह हात र घुँडाको बलमा प्रेमिकाको पछिपछि घिस्रिंदै थिए । उक्त दृश्य हेर्न ठूलो भीड जम्मा भएको कारण सडक जाम भयो । करिब २५ मिनेट बहस गरेपछि युवती प्रेमीलाई सिक्रीमुक्त गर्न राजी भइन् तर सिक्रीमुक्त भइसक्दा पनि प्रेमी–प्रेमिकाको पछिपछि त्यसैगरी हिँड्न थालेको देखेर सबै दंग परे । प्रेमिकाले प्रहरीलाई भनेकी थिइन्, ‘यिनी मान्छे हैनन्, कुकुर नै हुन् ।’

टिप्पणीहरू