आज नयाँ दिल्लीबाट को उत्रँदैछन् ?

आज नयाँ दिल्लीबाट को उत्रँदैछन् ?

भारतले निकै महत्व दिएको अरुण तेस्रो जलविद्युत परियोजनाका एक जना सञ्चालक आज काठमाडौं आउँदैछन् । भोलि आयोजनास्थल संखुवासभा जाने सञ्चालक समितिका अध्यक्ष नन्दलाल शर्मा दिउँसो नयाँ दिल्लीबाट एअर इण्डियाको उडानमा आउन लागेका हुन् ।

दिउँसो २ बजे काठमाडौं विमानस्थलमा उत्रेपछि उनी सोझै भारतीय दूतावास लैनचौर जाने कार्यक्रम छ । त्यहाँ राजदूत विनयमोहन क्वात्रासँग भेटघाट हुने छ ।९ सय मेगावाट क्षमताको जलविद्युत परियोजना नेपालकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । ११ खर्ब २ अर्ब नेपाली रुपैयाँ लागत रहेको उक्त परियोजनामा भारतको एसजीभीएन कम्पनीले लगानी गर्नेछ । बुट मोडलमा निर्माण गर्न लागिएको परियोजनाबाट उत्पादित बिजुलीमध्ये नेपालले २९ प्रतिशत पाउने छ । परियोजना सञ्चालनमा आएको ३० वर्षपछि मात्र नेपालको स्वामित्वमा आउनेछ ।

टिप्पणीहरू