नमरी बाँचे के पाइन्छ देख्न…

सेनाले २७ सहायक रथीको सरुवा–बढुवा गरेको छ । सैनिक सचिव विभागले अधिकृतको वृत्ति विकासमा राम्ररी योजना गर्नुपर्छ तर सबै जना सक्षम नभएका कारण विभाग नै निकम्मा बनेको छ । सैनिक सचिव निष्पक्ष, योग्य, भविष्यद्रष्टा र स्वयं पनि चिफको हकदार हुनसक्ने क्षमताको हुनुपर्न हो । बीचैमा घर जाने खालको सैनिक सचिव भएपछि के आफ्नो ? के अरूको ? हालका सहसैनिक सचिव कम्प्युटर खरदार जस्ता छन् । फाइल च्याप्यो, हुन्छ र हस् भन्यो हिँड्यो ।

यस्तो मानिस महत्वपूर्ण निकायमा राख्दा जर्साबहरूलाई काम गराउन सरल त हुन्छ तर संगठन भने विस्तारै जीर्ण र धराशायी बन्दै जान्छ । उनी तलका प्रसे र मेजर त झन् बबुरा ? के काम गर्छन् तिनीहरूले ? एनडिसी गरेका, केही नयाँ विचार र धारणासहित राय–सुझाव दिन सक्ने, अवधारणा लागू गर्न सक्ने क्यारियर कन्ससलाई सैनिक सचिव बनाए । प्रदीप अधिकारीलाई चिफको पल्टन जगदलकै भएका कारण चीनको सैनिक सहचारीपछि ९ बाहिनीपति भकुण्डेबेसी, संगठन हँुदै अहिले कल्याणकारी निर्देशक बनाइएको छ । दामोदर थापालाई शान्ति सेना सञ्चालन निर्देशक मा लगेको छ भने प्रकाश केसीलाई संगठन, गंगा गुरुङलाई बेतन बृत्ति तथा समारोहमा सरुवा गरिएको छ । २ बाहिनी हिलेमा गोकुल भण्डारी, ६ बाहिनीमा सुदर्शन राणा, ५ बाहिनीमा दीपक घले, २४ बाहिनीमा सरोजप्रताप राणालाई सरुवा गरिएको छ ।

५ बाहिनीपतिमा लगिएका दीपक घले अवकाशप्राप्त उपरथी गोविन्दबहादुर गुरुङका ज्वाइँ तथा दुर्गा बक्स गणमा हुँदा भ्रष्टाचारमा परेर रातारात हेडक्वार्टर तानिएका हुन् । गण गुल्मपतिका अगाडि के अनुहार देखाउँछन् घलेले ? भरत पाठकलाई पुनः दिपायल लखेटिएको छ । यसअघि पनि त्यहीँ थिए । जंगी अड्डाले रिक्त ३ महासेनानीको बढुवा तयारी र सरुवा प्रक्रिया थालेको छ । स्टाफ कलेज नगरेका अजय राई र केदार केसी म से हुने पक्कापक्की छ भने रिक्त १ पदमा स्टाफ कलेज गरेकाबाट रवीन्द्र केसी या स्टाफ कलेज नगरेका मनोज सिलवाल हुने हुन् टुंगो छैन ।

टिप्पणीहरू