अमेरिकाले पनि नेपाललाई खोप दिने

अमेरिकाले पनि नेपाललाई खोप दिने

संयुक्त राज्य अमेरिकाले नेपाललाई कोभिड–१९ विरुध्दको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले नेपाललाई दिन लागिएको खोपबारे जानकारी गराउँदै नेपाल र अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि यो अत्यन्तै खुशीको क्षण भएको बताउनुभएको छ ।

तर, उहाँले नेपाललाई कुन खोप र कहिलेसम्म उपलब्ध गराउन लागिएको भन्नेबारे विस्तृत रुपमा केही बताउनुभएको छैन ।

टिप्पणीहरू