प्रहरी हिरासतबाट थुनुवा कुलेलम

प्रहरी हिरासतबाट थुनुवा कुलेलम

इलाका प्रहरी कार्यालय (क) लाहानको हिरासतबाट एक जना थुनुवा भागेका छन् । हिरासत कक्षको ग्रील काटेर भागेका थुनुवा सिरहा नवराजपुर गाउँपालिका -१ का पशुपति यादव हुन् ।

उनलाई प्रहरीले जेठ २० गते लागूऔषधसहित पक्राउ गरी हिरासतमा राखेको थियोे । उनी आज बिहान २ बजे हिरासतको ग्रिल काटी फरार हुन सफल भएका हुन् ।

फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम प्रवक्ता सुवास बुढाथोकीले बताए । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बुढाथोकीले जनाएका छन् ।

टिप्पणीहरू