नुवाकोटमा पनि भेटियो डेल्टा प्लस

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस

कोरोना महामारीको दोस्रो लहरसँगै भारतलगायतका मुलुकमा चर्चामा आएको नयाँ भेरियण्ट डेल्टा प्लस नेपालमा देखिएको छ । अघिल्ला भेरियण्टको तुलनामा निकै बढी संक्रामक र प्राणघातक भनिएको डेल्टा प्लसबाट संक्रमित बिरामी नुवाकोटको त्रिशुली अस्पतालमा भेटिएका हुन् ।

त्रिशुली अस्पतालको पिसिआर प्रयोगशालामा आएका बिरामीमध्ये चार जनाको स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौंमार्फत् अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट डेल्टा भेरियण्ट पुष्टि भएको हो । चार नमूनामध्ये तीन वटामा डेल्टा बी.६१७.२ र एउटामा डेल्टा प्लस बी.१६७.२+के४१७एन प्रमाणित भएको डा. दीपेन्द्र पाण्डेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

डेल्टा प्लस भेरियण्ट अन्य भेरियण्टभन्दा ६० देखि सतप्रतिशतसम्म बढी संक्रामक रहेको अनुसन्धानले पुष्टि गरेको छ । यसले बालबालिकादेखि बृद्धबृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता राख्ने बताइन्छ ।

विशेषज्ञहरुले डेल्टा प्लस कोरोना महामारीको तेस्रो लहरको कारक बन्न सक्नेतर्फ औंल्याएका छन् ।

टिप्पणीहरू