रक्सीले नचिनेको नाता,धारिलो हतियारले दाजुको हत्या

रक्सीले नचिनेको नाता,धारिलो हतियारले दाजुको हत्या

मादक पदार्थ खाएका भाइले दाइको खुकुरी हानेर ज्यान लिएका छन् । मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षीय दाजु भोलाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरेका साजनले एक्कासी दाजुलाई हतियार प्रहार गरेका थिए । घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको छ ।

अहिले घटनामा संग्लग्न साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू