अभूतपूर्व हुने अवसर जसले गुमाए

  • संकेत कोइराला

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ, ‘साथी’, तिमी पहाडबाट झरेको, म पनि पहाडबाटै झरेको, तिमी ढुंगा, म पनि ढुंगा तैपनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन्, पूmलप्रसाद चढाएर ढोग्छन् । तर, मभित्र के त्यस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ?’ मन्दिरभित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ, ‘हो साथी’, हाम्रो जात एउटै, थातथलो एउटै, हुँदाहुँदा छिनो बजारिँदा भोगिएको पीडा पनि एउटै तर मानिसले एक चोट के हिर्काएका थिए, तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौ । त्यसैले तिमीलाई मानिसले जुत्ता पुछ्ने सिँढी बनाए । हुन त ममाथि पनि छिनोको निर्मम प्रहार भएकै हो तर मैले त्यो असह्य चोट समन गरें । त्यसैले तिमी त्यहाँ छौ, म यहाँ छु । सबै चोट खानेहरू सफल हुँदैनन् । सफल हुन त चोट खप्न सक्नुपर्छ ।’

स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू दिवंगत हुँदा तीन पुस्ता कोकोहोलो मच्चाउँदै सडकमा निस्कियो । दक्षिण एशियाका नेतामा इतिहासले नेहरूको मरणलाई उच्च सम्मान दिएर मूल्यांकन ग¥यो । नेता पनि ढलोट मूर्तिजस्तै हो । पहिला अविरल अनि निर्मम कुटाइ खान्छ, जब भगवान्को आकारमा अनुवाद हुन्छ, प्रहार गर्ने नै अन्ततः लम्पसार परेर समर्पित हुन्छ । शक्तिमा हुँदा त स्यालको गर्जन नै काफी छ । यस्तो बेला प्राप्त हुने मलामी भनेको स्वार्थी झुण्डसिवाय केही होइन । सिनेमाको रंगीन संसारबाट राजनीतिमा हेलिएकी तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनमा अरू ७७ जनाले ज्यान फालेको समाचार आइरहँदा के प्रमाणित हुन्छ भने विशुद्ध नेता एउटा त्यस्तो ग्रह हो, जो अस्ताउँदा अरू थुप्रै उपग्रहको अन्त्य स्वाभाविक हुन्छ । एक समय थियो– इटलीको मिलान शहरमा बेनिट्टो मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा पनि लाखौंको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मुसोलिनीको स्वागतमा लाखौं युवा ड्युचे, ड्युचे नारा लगाउ“थे । मुसोलिनी त्यहा“का जनताको लागि अगुवा मात्र नभएर ‘इश्वर’ पनि थिए । तर, पा“च वर्षपछि लाखौंलाख तिनै युवाले मुसोलिनी र उनकी प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर थुके । भ्रमको आयु कसरी समाप्त हुन्छ ? यो घटनाबाट प्रष्ट हुन्छ ।

राजनीतिमा सफल क्रान्तिकारी नेताले राजनेताको श्रीपेच धारण गर्छ भने असफल भएमा अपराधी करार हुन्छ । अपराधी हुन मान्छेको शीर ठुन्क्याउनुपर्छ भन्ने होइन, जब सामुहिक अपेक्षालाई शहीद बनाइन्छ भने त्यो पात्रको भौतिक उपस्थिति पनि निस्सार हुन्छ । जब पुलिसको सुरक्षामा दैनिकी बित्न थाल्छ, ऊभित्रको नेतृत्व क्षमता धमिरा लागेको बुझ्नुपर्छ । सम्भवतः अभूतपूर्व हुने अवसर गुमाएर भूतपूर्वमा सीमित हुने हाम्रा ठूला मान्छेलाई पुलिसको पछुवा जरुरी हुनु पछाडिको मनोविज्ञान पनि यही हो । यदि, देशको नक्शा, झण्डा, राष्ट्रिय गीत नभएर हामीभित्रको मनोविज्ञानलाई सामथ्र्य मान्ने हो भने देशको योग्य नागरिक हुने न्यूनतम योग्यता धेरै नेपालीमा छैन । देशलाई रत्नपार्कजस्तो मनमौजीको थलो बनाएर रत्यौली खेल्नुमा नागरिक हुनुको धर्म किमार्थ पूरा हुँदैन । दुःखसाथ भन्नुपर्दा अधिकांशको दैनिकी त्यसरी नै बितेको छ । कोही नांगो भएर सडकमा देखिएला, कोही बन्द कोठामा अति व्यस्तको नेमप्लेट टाँगेर निर्णय गर्ला तर भिआइपी निर्णय अझ घातक ठहरिने गरेको छ । देश तंग्रिन नसक्दा आफ्ना गहना दिएर सहयोग गर्ने कोरियाली महिलाले देखाएको उदारता हाम्रा कति नारीका लागि सुपाच्य हुन्छ ? यहाँ त लोकसेवा पास गरेर देशको चीरहरणमा सहभागी हुने र एजेण्टको काम गरेबापत तनखा लिएर पेट पाल्नेबीच किञ्चित अन्तर भेटिन्न । रावणायण लेखिएन, त्यसैले रामायणको प्रचार भयो । तर, कुनै चेलीलाई तिमी कस्तो दाजु चाहन्छ्यौ भन्दा नेपाली समाजमा कसैले रावणजस्तो भन्ने हिम्मत गर्न सक्दैन । हामी त्यो समाजका उपज हौं, जसलाई कदेखि अगाडि र ज्ञभन्दा पछाडिको संसार खोज्ने न फुर्सद छ, न जाँगर नै † रावण त्यो पात्र हो, जसले बहिनीको अपमान सहन नसकेर राजवंशमा लडाइँको शंखनाद गरी आपूm नासियो तर सम्झौता गरेन । शत्रुकी पत्नी अपहरण ग¥यो तर छुनु त परै जाओस्, अनैतिक सोच्ने संस्कार ऊभित्र छँदै थिएन ।

मान्यताका यी ठेली बिर्सिएर हामी बच्चाले आमाको दूध चुस्दासमेत महिला अधिकार हनन हुने कुतर्कतर्पm जाँदै छौं । स्तनपान दिवस मनाउने रहरले कुत्कुत्याउँछ । सत्यचाहिँ के हो भने किराफट्यांग्रा मर्लान् भनेर हात्तीले आफ्नो दैनिकीबाट विश्राम लियो भने के हुन्छ ? प्रकृति त प्रकृति नै हो नि– सर्पअघि पक्कै भ्यागुताको जन्म भएको हुनुपर्छ । मृग बाघभन्दा कान्छो पक्कै होइन । माछा बनाएपछि प्रकृतिले बकुल्ला आविष्कार गरेको भनियो भने नजाति हुन्न होला । नियालेर हेरियो भने असम्भावनाभित्र सम्भावना हुन्छ । यदि, तपाईं जुनसुकै विषयलाई गहिरो बनाउँदै जानुभयो भने जन्म दिने बाउको अनुहारमा पनि बाँदरको दृश्य देख्न थाल्नुहुनेछ । एक दशकयता भएका राजनीतिक कागतालीको समीक्षा गर्दा छर्लंग हुन्छ– यो देशमा को भयो भन्दा पनि को मन्त्री भएन ? राज्य संयन्त्रमा नालायक मानिसको उपस्थितिलाई समावेशी भनियो । अनुजा बानियाँदेखि कञ्चन रेग्मीजस्ता पात्र यही नर्सरीमा जन्माएर अरू मानिस निरपेक्ष बस्यौं । साग बेच्नेले साग बेचेर होइन, सिंहदरबार पुगेर सपना पूरा हुने भाकलमा दिन बितायो । पहिचान होइन अवसर, जात हैन सोच, भाषा हैन शिक्षा, धर्म हैन मानवता, संविधान होइन प्रणाली, भागबण्डा होइन, एकता आजको आवश्यकता हो । तर, सत्य बोली हुतिहाराको दैनिकीजस्ता भएका छन् ।

भारतीय राष्ट्रपति एपिजे अब्दुल कलाम मुस्लिम थिए । नमाज पढेपछि सीतारमा नित्य रामधुन बजाउने उनी बाक्लै साधुहरूको समीप पुग्थे । उनको मान्यता थियो– ‘महान् मानिस धर्मलाई मित्रताको माध्यम बनाउँछन् । छुद्र मानिस यसलाई प्रतिष्ठाको मुद्दा बनाएर लडाइँ, झगडामा अग्रसर हुन्छन् ।’ पुस्तकालयमा कुरान, बाइबल र गीताका किताब एउटै खातमा मिलाएर राखिएका हुन्छन् । यी पुस्तकले आपैंm लडाइँ गरेको उदाहरण कतै भेटिँदैन । तर, धर्मका नाममा विभेदको खेती गर्नेहरूले स्वार्थको रोटी सेकाउन निर्जीव मान्यतामा धावा बोल्ने गरेका छन् । संसारमा भएका धर्मयुद्ध पछाडिको तीतो सत्य यही नै हो । कुन धर्मावलम्बीलाई मंसिर–पुसको पारिलो घाम मन पर्दैन ? वास्तवमा सबैलाई उत्तिक्कै प्यारो लाग्ने जाडोको पारिलो घामचाहिँ धर्म हो । कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिँदैन । कागजमा देश देखिए पनि सार्वभौम मुलुक बनाउने प्रयास सधैं यस्तै तोरीलाउरे काइदाका कारण अद्र्धविराममा टुंगियो । मूल्य पानीको होइन प्यासको, मृत्युको होइन सासको र प्रेमको होइन विश्वासको हुन्छ ।

राजनीतिमा उपयोगवाद कति घातक हुन्छ भन्ने तथ्य आजभन्दा १ सय ६५ वर्षपहिले राजा राजेन्द्रले जंगबहादुरको उछित्तो काढ्दै सैनिक पल्टनलाई लेखेको यो चिठीले पुष्टि गर्छ । जंगबहादुरको अधिकार कटौती गरिएको उक्त पत्रमा भनिएको छ, ‘जंग्याले मेरा विनाहुकुम भैयाद भारादार मारी उन्का जाहान् बच्चासमेत् मधेशमा धपाउँदा र ६ हरूलाई पनि औंलामा आफ्ना मनोग्य गरी धपायो. आजकाल अर्काका स्वास्नी पनी टिपि घर लैजांछ भंदा सुनीन्छ . यस्तो निमक्हराम जंग्या हत्यारोलाई मैले मुषती यारीबाट षारीज ग¥या. यस्तो पातकी टाढाका गोतियाहरू र भारदारहरू मान्र्या फेरी आप्mनु आग्या चलाइ हजुरको कामकाजमा हुकुम् चल्दैन भनी जबरदस्ती दुनिञाहरूको सही हलाइ मेरा हजूरमा अर्जी च¥हाइ पठाउन लाउन्या ढुंगाको बीगान्र्या सबै जंग्या हो ।’

कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डग्मगाएको छैन् । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– …. सरकारले आफ्नो देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ तर चोर–डाँकाबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुर काम लाग्दैनन् । स्वदेशी कुकुर नै काम लाग्छन् ।’ पृथ्वीमा तीन प्रकारका रत्न छन् जल, अन्न र मीठो वचन वा सुक्ति । तर, मूर्खले पत्थरलाई रत्नको नाम दिएका छन् । ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जबकि युगको अन्त्यमा सुमेरु पर्वतले आफ्नो ठाउँ छाड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्छ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर, सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै छाड्दैन । भनिन्छ, भोको पेट, खाली गोजी र असफल प्रेमले मानिसलाई धेरै सिकाउँछ । छाताले परेको पानी रोक्ने साहस त राख्दैन तर वर्षामा उभिने हिम्मत भने पक्कै दिन्छ । इमानदारी पनि त्यही हतियार हो ।

सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया स्वसा
शान्तिः पत्नी क्षमा पुत्रः षडेते मम बान्धवाः ।।

सत्य मेरी आमा, ज्ञान मेरा पिता, धर्म मेरा दाजुभाइ, दया मेरी बहिनी, शान्ति मेरी पत्नी, क्षमा मेरो छोरो, यी ६ वटा मेरा बन्धु हुन् । इनारमा हालेको बाल्टिन यदि झुक्यो भने पानी भरिएर बाहिर निस्कन्छ । जिन्दगीको गणित पनि यस्तै हो, जो झुक्छ उसले केही प्राप्त गर्छ । दादागिरी त मरेपछि पनि गरिन्छ, सबै पैदल हिँड्दै हुन्छन्, आपूm काँधमा बसिन्छ । निराशावादी मान्छे पोखिएको दूधको चिन्ता गर्छ, आशावादी मान्छे बचेको दूध हेरेर खुशी हुन्छ । तपाईंको धन गयो, घर गयो, जागिर गयो तर चरित्र बाँकी छ, विद्वता बाँकी छ । त्योभन्दा पनि बढी तपाईंको सिंगो भोलि र भविष्य बाँकी छ । आशावादी मानिस घोडाको लिदी भेट्यो भने घोडा खोज्न दौडन्छ तर हार मान्दैन ।

टिप्पणीहरू