प्रचण्डलाई अर्को तनाव,रायमाझीपछि पराजुली पुगे निर्वाचन आयोग

प्रचण्डलाई अर्को तनाव,रायमाझीपछि पराजुली पुगे निर्वाचन आयोग

माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरु पुगेको केही घण्टा नबित्दै अर्को टोली सोही पार्टीमा दावेदारी पेश गर्न निर्वाचन आयोग गएको छ । माओवादी केन्द्रको आधिकारिकता दाबीको निवेदन लिएर भविश्वर पराजुली आज अपरान्ह निर्वाचन आयोग गएका हुन् ।

पराजुलीले आफूसमेत भएर प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बनेको तर पछिल्लो समय प्रचण्ड एमालेमा प्रवेश गरिसकेकाले आफ्नो नेतृत्वमा रहेको माओवादी केन्द्रले राजनीतिक दलको मान्यता पाउनुपर्ने दाबी गरेका छन् ।

​पराजुलीले आयोगमा दिएको निवेदनमा माओवादी केन्द्रको आधिकारिक नेतृत्वबाट मातृका यादव,प्रचण्ड र बादलहरूले पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वतः आफ्नो हुनुपर्ने दाबी गरेका छन् ।

No description available.‘सम्मानजनक एकता निर्माण गर्ने एकताको प्रमुख घटकको सहमति बिना नै पार्टी नीति,बिधि,बिधान विपरित तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेकाले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कारवाही समेत गरी २०७५ जेठ ३ गते एमाले पार्टीमा प्रवेश गरेका प्रचण्ड तथा बादल लगायतलाई निष्कासन गरेको हो। हामीले हाल नेतृत्व गरी विकास गरिरहेको पार्टी नै वैधानिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हो। यसमा कुनै बिबाद र शंका नै छैन’, निवेदनमा भनिएको छ ।

No description available.यसअघि आजै माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु पनि आयोग पुगेका थिए । टोपबहादुर रायमाझीलगायतका पूर्वमाओवादी नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत माओवादी केन्द्रको दल दर्ता खारेज गर्न आयोगमा निवेदन दिएका थिए। निवेदनमाथिको कारवाहीबारे जानकारी लिन उनीहरु बहादुर भवनस्थित आयोग कार्यालय पुगेका हुन् ।

निवेदनमा संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजीको दाबी गरिएको छ ।

टिप्पणीहरू