वनका जनावर मारेर काठमाण्डौमा धमाधम बिक्री

वनका जनावर मारेर काठमाण्डौमा धमाधम बिक्री

राजधानीका सडकमा बिक्रीको लागि संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) खुलमखुुल्ला बिक्री गर्ने समूह सक्रिय भएको छ । आज संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) दुई थानसहित दुई जना पक्राउ परेपछि उक्त अवस्था देखिएको हो ।

आज बौद्ध पिपलबोटमा गोठाटारका २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह स्थायी घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगरलाई सोही अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट संरक्षित वन्यजन्तु चितुवाको एक थान छाला र सालकको खबटोसहितको आखेटोपहार बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कानूनी कारबाहीको निम्ति डिभिजन वन कार्यालय,हात्तीसारमा पेश गरिने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

टिप्पणीहरू