एमालेमै छ भाँडभैलो

एमाले वकिलबीच पार्टी कमिटीको नेतृत्वलाई लिएर पनि विवाद चर्किएको छ । राजधानी पेशागत जिल्ला कमिटीमातहत कानुन इलाका कमिटीको अधिवेशनमा नेतृत्वको विवाद हुँदा बिहीबारसम्मलाई निर्वाचन प्रक्रिया स्थगित छ ।

अध्यक्ष बन्न एउटै खेमबाट हालका सचिव सूर्य गुरुङ र अशोक बराल कस्सिएका छन् । एकथरीलाई पूर्वमहान्यायाधिवक्ता हरि फँुयाल र रमेश बडालको साथ छ भने अर्को पक्षले माधव नेपालपक्षधर टीकाराम भट्टराई, रुद्र पोखरेल र रुद्र नेपालको सहानुभूति पाएको बताइन्छ । अशोक पाटन पुनरावेदनका पूर्वअध्यक्ष रुद्र पोखरेलका फर्म पार्टनर हुन् । उम्मेदवारी चयनका निम्ति पेसागत जिल्ला कमिटीमा छलफल चल्दा सर्वसम्मति नजुटेपछि पाटन पुनरावेदन बारको चुनावमा झैँ आफ्नै पार्टीको चुनावमा समेत प्रतिस्पर्धा चल्न लागेको हो ।

करिब चार सय मतदाता छन । माधव नेपाल खेमाबाट उपाध्यक्षमा निशा बानियाँ, सचिवमा चूडामणि पौडेल उठ्दैछन् भने अर्को पक्षले मुना लामिछाने अधिकारी र रवीन्द्र ढुंगानालाई उठाएको छ ।

– मखमली बान्तवा, माइतीघर

टिप्पणीहरू