पोलापोलमा पत्नीपीडितहरू

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत इञ्जिनियर मोहन रेग्मीले श्रीमतीसँग सम्बन्धविच्छेद गरेको पाँच वर्षपछि सबैभन्दा ठूलो मानसिक र सामाजिक बेइज्जति भोगे । उनले मात्रै होइन, आमासँग अलग भएका दुई छोराले उस्तै तनाव झेले । नेपालमा महिला हिंसाविरुद्ध १६ दिने अभियान जारी भइरहँदा सदरमुकाम धुलिखेलमा यस्तै कुराको चर्चा छ । पुरुष विरुद्धको हिंसाबारे कुनचाहिँ महिला अधिकारवादीले बोल्छन् ?

अधिकारका कुरा गर्नेहरूकै घरमा अधिकार हनन भएका छन् । छोराछोरी समान हुन् भन्दै प्रशिक्षण दिने अगुवाकै घरमा बच्चा जन्माउने मेसिनजस्तै गरी बर्सेनि छोरीको उत्पादन भएको छ । महिलाविरुद्ध हिंसा नभएकै होइन तर अधिकारका नाममा महिलाबाट भएको पुरुषप्रतिको घृणा, अपमान, हिंसाले समाजलाई कता पु¥याउला भन्ने चिन्ता थपिदिएको छ । श्रीमतीलाई ठूलो स्वरले बोल्दा पनि जबरजस्ती भयो भन्दै उजुरीको धम्की दिएको खबरसँग मोहन र कञ्चन रेग्मीलाई जोडेर हेर्ने गरिएको छ । नेपाल प्रहरीले महिला तथा बालबालिकाको उजुरी सुन्न बनेको महिला तथा बालबालिका केन्द्रमा पछिल्लो समय पुरुषको उजुरी पर्न थालेको छ ।

पुरुषबाट महिला पीडित भएका उजुरीसँगै महिलाबाट पुरुष पीडित हुन थालेका उजुरीको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको पछिल्लो तथ्यांकअनुसार श्रीमतीबाट पीडित भयांै भन्दै आउने दर्जनौं छन् । अधिकांश बिदेसिएका श्रीमतीबाट पीडित भएका छन् भने केही विदेशिएका श्रीमान्ले पठाएको रकम र आधुनिकताकाले परपुरुषसँगको सम्बन्ध विस्तार हुँदा श्रीमान् पीडित भएको उजुरी परेको छ । ‘जीवन बिताउनेभन्दा पनि पुरुषसँग भएको सम्पत्ति लिने र अर्कैसँग रात बिताउने गरेका उजुरी पर्न थालेछन्,’ महिला सेल प्रमुख सई सीता श्रेष्ठले भनिन् ।

‘कलिलै उमेरमा प्रेम ग¥यो, केही वर्षमै विवाह ग¥यो, बच्चा र परिवार पाल्नै धौ–धौ भएपछि श्रीमान् वा श्रीमतीमध्ये एक बिदेसियो, विदेशबाट नेपाल आउँदा दुवैको घर हजम भइसकेको हुन्छ,’ उनले भनिन् । खार्पाचोक गाविसका शिव शिवभक्तिले महिला सेलमा उजुर गरे । २१ वर्षमा कुबेत गएर २६ वर्षको उमेरमा फर्किएका उनले नेपाल फर्किएको केही समयमै मागिबिहे गरे । विदेशबाट आउँदा ल्याएका मोबाइल, अन्य सरसामान लोभलाग्दा थिए । नेपालमा बसेर थप केही काम गर्न सक्ने सामथ्र्य नदेखेपछि बिदेसिन खोजे । श्रीमतीलाई भए भरको सम्पत्ति सुम्पिदिए । भूकम्पका कारण कम्पनीले घर जान अनुमति दियो ।

नेपाल फर्कंदा श्रीमती एअरपोर्टमा लिन जाने भन्दै घरबाट हिँडेकी तर पुगिनन् । महँगो मोबाइल, चार तोला सुन, बंैक खातामा भएको २ लाख रुपैयाँ, विदेशबाट पठाएको ५० हजारसमेत लिएर अर्कैसँग फरार भइन् । विवाह गर्नुअघि नै अर्काे केटासँग प्रेम रहेछ, उसैसँग भागेकाले आफ्नो सम्पत्ति फिर्ता दिलाई कारबाहीको माग गर्दै शिवभक्तिले महिला सेलमा उजुर गरेका हुन् । त्यस्तै, पाँचखाल नगरपालिका–७ होक्सेबजारका धावा लामाले ०५७ सालमा मागिबिहे गरे । विवाह गरेदेखि नै घरमा झगडा प¥यो । सधँै श्रीमती रक्सी खाने, घरपरिवारलाई बेवास्ता गर्ने । झगडाकै क्रममा दुई सन्तानको जन्म भयो । तैपनि, घर राम्रो हुन सकेन । छोराछोरीको समेत बेवास्ता गरेपछि तनावले धावा मलेसिया गए । ०६५ सालमा गएका उनले उतै साथी बनाए । ०६८ सालमा घर फर्कंदा झापा घर भएकी युवतीसँग बिहे गरेर उतै राखे । घरमा भएका सन्तान र श्रीमतीलाई कहिल्यै बेवास्ता गरेनन् । तैपनि, दुःख दिने क्रम जारी रह्यो ।

श्रीमतीको मति नसुध्रिएपछि झापामै भएकी श्रीमतीसँग बस्न थाले । गाडी चलाउन थालेका धावा भूकम्पपछि परिवारको बेथिति भएको भन्दै श्रीमतीसहित घर फर्किए । पहिलो श्रीमतीले बहुविवाहमा उजुरी गरिन् । घरमा रडाको मच्चाएर ज्यानसमेत जाने दाबी गरेपछि धावाले प्रहरीमा श्रीमतीबाट पीडित भएँ भन्दै उजुर गरे । धावासँगै बाबु पनि आएका थिए । पाँचखालकै अर्काे घटनामा पनि श्रीमती परपुरुषसँग लागेकाले बालबच्चाको बिचल्ली भयो भन्दै महिला सेलमा उजुरी प¥यो । पुरुष महिलाका कारण झन् तनावमा परेको, हिंसा भएको भन्दै उजुरी लिएर आउने गरेका छन् । त्यस्ता घटनामा महिलालाई कारबाही भएको उदाहरण भने कमै छन् ।

पाँचखालकै शर्मिला विकले श्रीमान्ले तीनवटा श्रीमती ल्याउँदासमेत आफ्ना सन्तानलाई नागरिकता उपलब्ध नगराएको भन्दै उजुर दिएकी छन् । उता, महिला अगुवा नै आत्महत्याको बाटोमा लागेका छन् । आत्महत्या रोक्ने केही उपाय हुन सकेन भने दैनिक दुई जनाका दरले जिल्लामा आत्महत्या हुने त्रास फैलिएको छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू