प्रहरी सहायक निरीक्षक (असई) को लिखितको नतिजा निस्क्यो

प्रहरी सहायक निरीक्षक (असई) को लिखितको नतिजा निस्क्यो

प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा आज प्रकाशन भएको छ ।

उत्तिर्ण उम्मेदवारहरूको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण हुने भएको छ । प्रहरी प्रधान कार्यालय,मानवस्रोत एवम् प्रशासन विकास विभाग,भर्ना तथा छनौट महाशाखाका अनुसार नतिजाको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइटमा राखिएको छ ।

५ सय ८४ रिक्त पद संख्या पूर्ति गर्न खुलाइएको विज्ञापनको लिखित परीक्षामा ५ सय १३ जना उत्तिर्ण भएका छन् ।

[real3dflipbook pdf=”https://www.janaaastha.com/wp-content/uploads/2021/07/result.pdf”]

टिप्पणीहरू