कोरोनाबाट आज २२ सय संक्रमित र १३ सय निको हुँदा २० जनाको निधन

कोरोनाबाट आज २२ सय संक्रमित र १३ सय निको हुँदा २० जनाको निधन

कोरोनाबाट आज २० जनाको ज्यान गएको छ । २ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय १६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५७ पीसीआर तथा ४ हजार ६ सय ५६ एन्टिजेन गरी ११ हजार ३ सय १३ जनामा परीक्षण गरिएको थियो ।

आज मुलकभर २६ हजार ५ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

टिप्पणीहरू