भक्तपुरमा एउटै कोठाबाट ११ जना जुवाडे पक्राउ

भक्तपुरमा एउटै कोठाबाट ११ जना जुवाडे पक्राउ

महामारीको समयमा पनि भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा एउटै कोठाबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका–२, दुवाकोट, फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट उनीहरू समातिएका हुन् । ती सबैलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूबाट नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ ।

टिप्पणीहरू