कलाकार– यस्तोमा पनि के कम !

राजकुमार राई गृहमन्त्री विमलेन्द्र निधिको आडमा निर्माता संघको साधारणसभा गराई कर्तुत ढाकछोप गर्ने खेलमा लागेका छन् ।
निर्माता संघको अनियमितता नसल्टाई साधारणसभा नगर्नू भन्ने सिडिओ कार्यालयको निर्देशनलाई लत्याई २ पुसमा आकाश अधिकारीलाई अध्यक्ष बनाउने खेलमा लागेका हुन् । राईलाई साथ दिन १४ भाइको नाम तयार भएको छ ।

अधिकारी प्यानलको प्रथम उपाध्यक्षमा केशव भट्टराईलाई समेत राखिएको छ । द्वितीय उपाध्यक्षमा रोज राणा र माधव वाग्लेको नाम छ । माधव राजकुमार राईको खिलाफ रहँदै आएका निर्माता हुन् । महासचिवमा छविराज ओझालाई अघि सारिएको छ । कोषाध्यक्षमा सुशील पोखरेल, सचिव गोविन्द शाहीको नाम छ । त्यस्तै, निर्वाचित ९ सदस्यमा करिष्मा मानन्धर, दीपकराज गिरीदेखि यौनकाण्ड लागी भूमिगत रहेका चेतन सापकोटा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, योगेश घिमिरे, भानुप्रताप, निकिता पौडेल र रौनकविक्रम कँडेल समेटिएका छन् ।

यता, नवल खड्काहरूले निर्माता संघलाई टक्कर दिने गरी समानान्तर संघ खडा गरिसकेका छन् । जिल्ला प्रशासनले पुरानो हिसाब–किताब नसल्टाई साधारणसभा नगर्न निर्देशन दिएको भए पनि यसको बेवास्ता गर्दै राईको अनियमिततामा आँखा चिम्लने काम भएको छ ।

टिप्पणीहरू