गुगलसँग एमाले उपाध्यक्ष वामदेव गौतम आगो

गुगलसँग एमाले उपाध्यक्ष वामदेव गौतम आगो

आफ्नो असली जन्ममिति बिगारिदिएको भन्दै एमाले उपाध्यक्ष वामदेव गौतम गुगलसँग क्रुध्द बन्नुभएको छ । नागरिकता लिँदा भूलबस असार २५ गते जन्ममिति लेखिएको तर आफ्नो असली जन्म दिन असार २८ गते भएकाले सोहीबमोजिम उल्लेख गरिदिन उहाँले गुगलसँग आग्रह गर्नुभएको छ ।

सरकारी प्रमाणपत्रका आधारमा सामाजिक सञ्जालले जन्ममिति पुष्टि गर्ने गर्छ । त्यहि आधारमा नेता गौतमले नागरिकतामा भएको आफ्नो जन्ममिति गलत भएकाले आधिकारिक बनाइदिन गुगलसँग गुनासोसहितको आग्रह गर्नुभएको हो । नेता गौतमले आफ्नो वास्तविक जन्मदिन वि.सं. २००५ साल आषाढ २८ गते भएको बताउनुभएको छ ।

उहाँले नागरिकता प्रमाणपत्र लिँदा भूलबसः २००५ साल आषाढ २५ गते भएको बताउँदै वास्तविकता खोल्नुभएको छ, ‘नागरिकता बनाउने समयमा भूमिगत थिएँ । गल्ती मिति उल्लेख भयो । तर अहिले गुगलले असार २५ गते भनेर प्रचार गरिदिन्छ । सच्याउन खोज्दा समेत सकिन ।’

उहाँले गुगललाई नै सोध्नुभएको छ, ‘मेरो जन्ममिति सच्याउन के गरुँ ?’ तर नागरिकतामा जन्ममिति सच्याउन त्यति सजिलो छैन ।

टिप्पणीहरू