अदालतको फैसलावारे ओलीपक्षीय अनेरास्ववियुको आन्तरिक छलफल

अदालतको फैसलावारे ओलीपक्षीय अनेरास्ववियुको आन्तरिक छलफल

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को अध्यक्ष केपी शर्मा ओली खेमाले आन्तरिक छलफल शुरु गरेको छ । उक्त पक्षका विद्यार्थी नेताहरुले भृकुटीमण्डपस्थित अनेरास्ववियुको केन्द्रीय कार्यालयमा ‘गहन’ छलफल गरेको बताइएको छ ।

बिहान पौने १० बजेदेखि झण्डै एक घण्टा गरिएको छलफलमा एमाले राष्ट्रियसभा सदस्य तथा सचेतक खिमलाल भट्टराई,अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरलगायतको उपस्थितिे थियो ।

बैठकमा अनेरास्ववियुको आन्तरिक विषयमा छलफल गरिएको बताइएको छ । तर स्रोतले सर्वोच्च अदालतबाट आगामी साता हुने प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला र त्यसपछि उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राखेर आवश्यक छलफल गरिएको बताएको छ ।

टिप्पणीहरू