नेपाल एअरलाइन्सका कर्मचारीले जलाए प्रबन्धपत्र,प्रबन्ध निर्देशकको राजीनामा माग

नेपाल एअरलाइन्सका कर्मचारीले जलाए प्रबन्धपत्र,प्रबन्ध निर्देशकको राजीनामा माग

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलको राजीनामा माग्दै ट्रेड युनियन संघर्ष समितिले निगम हाताभित्र निगमको प्रबन्ध पत्रको प्रतिलिपि जलाएको छ ।

विभिन्न माग राखी आन्दोलन गर्दै आएको युनियन र निगम व्यवस्थापनबीच हिजो भएको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आक्रोशित युनियनले आज धर्नासहित बिरोध कार्यक्रम शुरु गरेको हो ।युनियनको संघर्ष समितिले निजीकरणको निर्णय खारेज गर, नालायक प्रबन्ध निर्देशक राजीनामा दे,एमडीको अस्वभाविक तलबबृद्वि खारेज गर,सञ्चालक समितिमा निगमको व्यावसायिक स्वार्थ बाझिने एजेन्टहरूको नियुक्ती खारेज गर लेखिएको ब्यानर टाँसेर धर्ना शुरु गरेको हो ।

कार्यक्रममा कर्मचारीहरुले भ्रष्ट प्रबन्ध निर्देशक राजीनामा दे,सबै कर्मचारी एक हौं,कर्मचारी एकता जिन्दावाद,सार्वजनिक संस्थानमाथिको दलाली बन्द गर, सार्वजनिक सम्पत्ति बेच्न पाईंदैन, हाम्रो आन्दोलन जारी छ,भ्रष्ट एमडी निगम छोड,प्रहरी दमन बन्द गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

टिप्पणीहरू