नेपाल प्रहरीमा एआईजी हेरफेर आज भोलि नै

नेपाल प्रहरीमा एआईजी हेरफेर आज भोलि नै

नेपाल प्रहरीमा एआईजी हेरफेरको तयारी अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयले सरुवाको सूची गृह मन्त्रालय हुँदै क्याबिनेट पठाए पनि हिजोको मन्त्रिपरिषद् बैठकले सरुवाको बारेमा खासै निर्णय नगरेको बुझिएको छ ।

हिजो सहकुल थापाको बढुवासङ्गै पोष्टिङ पनि गर्नुपर्ने भएकोले साँझ गर्न खोजिएको सरुवाको लागि हतार हतार प्रहरी प्रधान कार्यालयले प्रस्ताव गृह हुँदै क्याबिनेटमा पठाएको हो । लिष्ट हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठकमा ‘अहिलेलाई रोक्नु’ भन्नुभएकाले ठाउँ यताउता पारेर हिजैको निर्णयमा पर्नेगरी लिस्ट आजभोलि नै सार्वजनिक हुने सम्भावना देखिन्छ ।

हिजो गरिएको सरुवाको प्रस्तावमा हाल उपत्यका प्रमुख रहेका हरिबहादुर पाललाई महाराजगन्ज तालिम केन्द्र,राखिएको छ । हिजो बढुवा भएका थापालाई भने भ्याली वा मानवस्रोत बिभाग लैजाने सोच बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको लिस्टमा भने मानवस्रोत बिभाग (प्रशासन) का निम्ति एआईजी विश्व पोखरेलको नाम सिफारिश गरिएको छ । पोखरेल हाल कार्य र अपराध अनुसन्धानमा कार्यरत छन् । हाल मानवश्रोतका निरज शाहीलाई भ्यालीमा,एकेडेमीका प्रद्युम्न कार्कीलाई कार्यमा र सहकुललाई प्रदेश समन्वयमा भनिएको थियो । तर यो प्रस्ताव हिजो एकाएक क्याबिनेटमा रोकिएको छ ।

स्रोत भन्छ,‘हिजोको पत्रको आधारमा क्याबिनेटले जुनसुकै बेला निर्णय गरेर प्रस्तावभन्दा फरक ढंगको सरुवा गरिदिन पनि सक्छ ।’

टिप्पणीहरू