सन्काहा स्त्री

एउटी २७ वर्षीया बेलारुसी युवतीले विमान छुट्ने डरमा जन्मेको शिशुको हत्या गरेकी छन् । मिन्स्कनिवासी ती युवती वासिङ्टन जानेक्रममा अष्ट्रियाको भियना विमानस्थलमा उडान पर्खिरहेकी थिइन् तर सोही बेला विमानस्थलकै शौचालयमा शिशु जन्माइन् । उनी कसैगरी पनि विमान छुटाउन चाहँदैनथिइन्, त्यसैले नवजात शिशुलाई मारेर फोहर फ्याँक्ने टोकरीमा फाली विमानतर्फ अघि बढिन् तर समातिइन् । युवतीले मृत शिशु जन्मेको जिकिर गरेकी छन् तर विमानस्थलमा कार्यरत कर्मचारीका अनुसार टोकरीमा फालिएको शिशुको मृत्यु अस्पतालमा मात्र भएको हो । अपराध सिद्ध भएमा युवतीले पाँच वर्ष कारावास भोग्नुपर्ने हुन्छ ।

टिप्पणीहरू