भोलि दिनभर नेपाल प्रहरीका पाँच वटा सेवा अवरुद्ध हुने

भोलि दिनभर नेपाल प्रहरीका पाँच वटा सेवा अवरुद्ध हुने

नेपाल प्रहरीले दिँदै आएका विभिन्न सेवामध्ये प्रविधिमा आधारित पाँच वटा सेवा भोलि दिनभर अवरुद्ध हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयको सिस्टम ल्याबमा रहेको सर्भर,स्टोरेज नेटवर्क डिभाइस र अन्य सूचना तथा प्रविधिसँग सम्बन्धित उपकरणसँग जोडिएका ती सेवा अवरुद्ध हुन लागेको हो ।ती उपकरणमा प्रयोग गरिएको युपिएस पावर डिष्ट्रिब्युसनको व्यवस्थापनका कारण शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म इन्ट्रानेटमा आधारित सेवा अवरुद्ध हुने जनाइएको छ ।

अवरुद्ध हुने सेवामा नेपाल प्रहरीको मोबाइल एप्लिकेसन,दैनिक दुर्घटनाको रिपोर्टिङ सिस्टम,इमेल, पर्सनल म्यानेजमेण्ट इन्फर्मेसन सिस्टम र नेपोल डट सीडी मुख्य हुन् ।

यसबारे प्रहरी मुख्यालयले आफू मातहतका सबै कार्यालयलाई हिजै जानकारी गराइसकेको छ ।

टिप्पणीहरू