भक्तपुरको चौबाटोमा बाइक दुर्घटना, १ को मृत्यु

भक्तपुरको चौबाटोमा बाइक दुर्घटना, १ को मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४, चारदोबाटोस्थित साझा पेट्रोल पम्पअगाडि हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । अरनिको राजमार्गमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९३ प ९६५२ नं. को मोटरसाइकल किनाराको रेलिङमा ठोक्किँदा चालकको मृत्यु भएको हो ।

साँझ साढे ६ बजेको समयमा भएको दुर्घटनामा घाइते चालक प्रकाश भट्टराईलाई उपचारार्थ मध्यपुर अस्पताल ठिमी लगिएको थियो । तर उपचारको क्रममा साँझ ७ बजे चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका हुन् ।

४३ वर्षीय गिरी संखुवासभाको चैनपुर घर भई हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्दै आएका थिए ।

टिप्पणीहरू