विष छर्केर मान्छे बचाउने ?

दक्षिण अफ्रिकाका एक इसाइ धर्माधिकारीले रोग निको पार्ने नाउँमा अनौठो उपचारविधि अपनाउन थालेका छन् । पास्टर लेथेबो राबालागोले अल्सरको कारण पेट दुखेको गुनासो गरेकी एउटी महिलाको अनुहारमा उडुस मार्ने औषधि छर्किरहेको श्रव्यदृश्य सार्वजनिक भएपछि विवाद सार्वजनिक भएको छ । पाष्टरका अनुसार ‘मानिसको शरीरमा शैतानले बास गरेपछि रोग लाग्छ र अति गन्हाउने उडुसको औषधि छर्केपछि शैतान मानवशरीर छाडेर भाग्छ ।’ तर उक्त औषधि आँखामा परे अन्धो हुने र मुखमा परे मर्नसक्नेतर्फ पाष्टरले बिल्कुल सतर्कता अपनाउने नगरेको चिकित्सकहरुको भनाइ छ । गत अगष्टमा तिनै पाष्टरले एउटी महिलालाई भुइँमा सुताएर त्यसमाथि ठूलो स्पिकर राखी त्यसमाथि आफू चढेपछि महिलाको मृत्यु भएको थियो ।

टिप्पणीहरू