जलबिरेः जहाँ मान्छे झुम्मिन्छन् « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

जलबिरेः जहाँ मान्छे झुम्मिन्छन्

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार २२:०३


-अमृत पौडेल

चितवनको प्रसिद्ध पर्यटकीय स्थल जलबिरे लामो झरना आन्तरिक पर्यटकको आकर्षक गन्तव्य स्थल हो । इच्छामनकामना गाउँपालिका–६ मा रहेको जलबिरेमा गर्मियाम सुरू भएसँगै पर्यटकको आवागमन बढ्ने गर्छ ।

यहाँ बर्सेनि ४० हजारभन्दा बढी पर्यटक झरना अवलोकनका लागि आउने गर्दछन् । गाउँपालिकाले गत वर्षमात्रै झरना अवलोकनका लागि आउने पर्यटकबाट प्रवेश शुल्क उठाउँदा १८ लाखभन्दा बढी आम्दानी गरेको थियो ।

यहाँ वि‍‍.सं. २०६९ देखि पर्यटन विकास सुरू भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ ।

६० मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटक त्यही झुम्मिने गर्दछन् ।

 


प्रतिक्रिया दिनुहोस !