डिजिटाइज हुँदै ललितपुर जिल्ला अदालत

डिजिटाइज हुँदै ललितपुर जिल्ला अदालत

ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्णरुपमा डिजिटाइज अदालतको रुपमा बिस्तार गर्ने भएको छ । बिहीबार ललिपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले अदालतलाई कागजमुक्त बनाउने प्रक्रियामा लागि परेको बताउँदै उक्त कुरा उल्लेख गर्नुभएको हो ।

परम्परागत पद्धतिमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गर्न आगामी पाँच वर्षभित्र पूर्णरुपमा डिजिटाइज अदालतको रुपमा जिल्ला अदालतलाई बिस्तार गरिने पाण्डेले बताउनुभयो । अदालतले हालसम्म ६८ हजार १ सय ४८ थान मिसिलमध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकेको छ ।

अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरुमध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइसकिएको छ भने ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइजसमेत गरिसकिएको पाण्डेले बताउनुभएको छ ।

ललितपुर जिल्ला अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतको जिम्मेवारीमा सरेका १ हजार ८ सय ५५ मुद्दामध्ये ९ सय ६६ मुद्दा फछ्र्यौट भएको र ८ सय ८९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जनाइएको छ । चालु आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्दामध्ये ६ सय ४० मुद्दा फछ्र्यौट भएका छन् भने १ हजार ३ सय ६१ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी समेत उहाँले दिनुभएको छ ।

ललितपुर जिल्ला अदालतले ३ हजार ८ सय ५६ वटा मुद्दामध्ये १ हजार ६ सय ६ वटा मुद्दा फछ्र्यौट गरेको छ । फैसला कार्यान्वयनतर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवानामध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको पनि स्रेस्तेदार पाण्डेले बताउनुभयो ।

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्दाको मिलापत्र गराउने कामलाई प्राथमिकतामा राखेको बताइन्छ । चालु आर्थिक वर्षमा ५ सय ४७ थान मुद्दा मेलमिलापमा पठाइएकोमा १ सय ८ थान मुद्दामा मात्र मेलमिलाप हुन सकेको छ ।

कोरोनाले अदालतलाई पनि छाडेन

टिप्पणीहरू