गरिबलाई झन् गरिब बनाउँदै

गरिबी निवारणका लागि भन्दै करोडौं रकम सकाएको गरिबी निवारण कोषले आफ्नै साझेदार संस्थाका कर्मचारीलाई उल्टै गरिब बनाएर छाडिदिएको छ । हाल रुकुम जिल्लामा गरिबी निवारण कोषको कुनै कार्यक्रम सञ्चालित छैन । यसअघि १० वर्ष कार्यक्रम सञ्चालन गरेका सहयोगी संस्था (गैरसकारी संघ÷संस्था) र कोषबीचको सम्झौता सकिसकेको छ भने नया“ छनोट भएका सहयोगी संस्थास“ग सम्झौता भएकै छैन । कोषले कर्मचारीलाई यसअघिकै सम्झौताअनुसार तलब भुक्तानी गरेको छैन ।

गरिबी निवारण कोषस“गको साझेदारीमा काम गरेका ९ वटा सहयोगी संस्थाका ४३ जना कर्मचारीले गत आर्थिक वर्ष ०७२/७३ को अन्तिम किस्ताबापत २ महिनाको तलब अझै पाएका छैनन् । ३३ गाविसका ३३ जना सामाजिक परिचालक, १ जना सुपरभाइजर र ९ सहयोगी संस्थाका ९ जना कार्यक्रम संयोजकले गत आर्थिक वर्ष जेठ र असार महिनाको तलब नपाएका हुन् ।

१४ लाख १६ हजार रूपैया“ कोषले कर्मचारीलाई दिएको छैन । ३३ सामाजिक परिचालकलाई महिनाको १४ हजारका दरले २ महिनाको २८ हजार, १ जना सुपरभाइजरको १६ हजार ५ सयका दरले ३३ हजार र ९ जना कार्यक्रम संयोजकलाई २५ हजार ५ सयका दरले २ महिनाको ५१ हजार रूपैया“ बाँकी छ ।

गरिबी निवारण कोष जिल्ला कार्यक्रम एकाइका कार्य–प्रबन्धक रामसुन्दर नेपालीले पनि  अन्तिम किस्ताको तलब आउन बा“की रहेको बताए । यसअघिका ९ वटा सहयोगी संस्थामध्ये राडार संस्था छनोटको क्रममा अनियमितता भएको भन्दै उजुरी गरेपछि नया“ संस्थास“ग सम्झौता हुन ढिलाइ भइरहेको उनले जानकारी दिए ।

टिप्पणीहरू