निष्कर्षविहीन छलफलको बिरोधमा भोलि फेरि धर्ना

निष्कर्षविहीन छलफलको बिरोधमा भोलि फेरि धर्ना

नेपाल वायुसेवा निगमको व्यवस्थापन र कर्मचारी युनियनको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।

आज निगमको मुख्य भवन, न्यूरोडमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएकाले युनियनले भोलि पुनः धर्ना दिने भएको हो ।बैठकमा युनियनका महासचिव हेमलम्साललगायत कर्मचारीहरुको टोलीले सहभागिता जनाएको थियो । धर्ना कार्यक्रम भोलि बिहान साढे १० देखि मध्यान्ह साढे १२ बजेसम्म निगमको मूलगेटमा हुने जनाइएको छ ।

टिप्पणीहरू