अरुले चाहिँ गृहसचिव बन्नै नपाउने ?

अरुले चाहिँ गृहसचिव बन्नै नपाउने ?

१८ महिनाको बीचमा सरकारले झण्डै एक दर्जन पटक सचिवहरूको सरुवा गरेको छ । तर,गृहसचिव महेश्वर न्यौपाने बाहेक केही सचिवको म्युजिकल चियर शैलीमा वर्षमा तीन पटक सम्म मन्त्रालय परिवर्तन भएको छ । राजनीतिक रुपमा हालको सरकारसँग नजिक रहेका भनिएका सचिवहरूलाई समेत कहिले यता र कहिले उता बनाइएको छ ।

यसबीच तीन जना गृहमन्त्री फेरिए । तर गृहसचिवना उनै न्यौपाने मात्रै थमौति भएपछि अन्य सचिवले भन्न थालेका छन् ‘के अरुचाहिँ भक्तपुर घर नभएकै कारणले सौताको छोरा हुन् ?’

यादव कोइराला,एकनारायण अर्याल,सुरेश अधिकारीलाई पटक पटक बिरालोले बच्चा सारेझैँ मन्त्रालय सारियो तर न्यौपाने दाईंको मियो झैँ त्यहिँको त्यहिँ हुनुहुन्छ । गृहकै क्याडेट कोइराला,अर्याल र अधिकारीसमेत गृहको लागि योग्य रहेको सबैले बताउँदै आएका छन् ।

तर,न्यौपानेको सरुवा नहुनुमा गृह सचिवलाई अन्य मन्त्रालय वा कार्यालयमा लैजान नहुने बेतुकको तर्क दिइएको छ । यसअघि गृहसचिवबाट सूर्य सिलवाललाई उद्योगमा पुर्याइएकै हो । उमेश मैनालीलाई पनि वातावरण मन्त्रालयमा पठाइएको थियो ।

त्यसैगरी नारायणगोपाल मलेगोलाई उपराष्ट्रपतिको कार्यालयमा लगिएको थियो । मोहनकृष्ण सापकोटाले गृहबाट भूमिसुधार हुँदै सार्वजनिक खरिद अनुगमन कार्यालयबाट अवकाश भएका हुन् ।

उनै सापकोटाले भूपू प्रधानमन्त्री शेरबहादुर देउवा,पत्नी आरजू र छोरा जयवीर सिंहको सुरक्षार्थ ४७ जना सुरक्षाकर्मीको फौज उपलब्ध गराउने व्यवस्थाको लागि आवश्यक प्रपञ्च मिलाइदिएका थिए ।

टिप्पणीहरू