खुकुरीभन्दा कर्द जान्ने, कसलाई के भन्ने ?

मन्त्री देउवाका, सचिव रामचन्द्रका । यस्तो भएपछि मन्त्रालयमा काम होस् पनि कसरी ? सिञ्चाई मन्त्री दीपक गिरी यही गुनासो लिएर पार्टी सभापतिकहाँ पुग्दा । देउवाले ‘मैले के गर्नु त’ भनी फर्काइदिएका छन् ।

विभिन्न आयोजना प्रमुख सिफारिस अरुको भन्दा बढी देउवाले गर्ने, तर मन्त्रीको जानकारीबिनै सचिव गजेन्द्र ठाकुरले आयोजना प्रमुखहरु तोकिसक्ने भएपछि गिरी बूढानिलकण्ठ पुगेका हुन् । त्यसमाथि हालै राज्यमन्त्री नियुक्त सुरेशमान आचार्य ‘कामै रहेनछ’ भन्न थालिसकेका छन् । सचिवलाई मन्त्रीको बानी थाहा रहेछ, एक मुठी पैसा लिएर गएपछि जस्तो फाइल पनि सदर गरिदिने † सचिवले विभिन्न आयोजनाका ठेक्कामा पनि विभिन्न शर्त राखेर खर्च निकाल्ने गरेका छन् ।

मन्त्रालयमा सहसचिवहरु घाम तापेर बस्छन्, तर त्यही स्तरको दरबन्दी रहेका विभिन्न सिञ्चाई आयोजनामा उपसचिवहरु कामु भएर काम चलाइरहेका छन् । बागमति सिञ्चाई आयोजनामा उपसचिव लक्ष्मण सिंह कामु प्रमुख छन् । सिक्टा सिंचाई आयोजनामा पनि रमेश बस्नेत कामु छन् । सुनसरी–मोरङ सिञ्चाई आयोजनामा कार्यालय प्रमुख भएर काम गर्ने शारदा पौडेल पनि उपसचिव नै हुन् ।

भएका सहसचिवहरु मन्त्रालयमा थन्किनुपरेपछि पीडितहरुले गुनासो गरे । मन्त्रीले ‘मैले त भनेको हो, सचिवज्यूले मान्नुहुन्न’ भनेपछि ती पुगेका रहेछन्, देउवाकहाँ ।

टिप्पणीहरू