रक्षामन्त्रीमा पलाएको अनौठो रहर

आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धले निकै गहिरो गरी जोडिएका लुम्बिनी र राप्तीका पहाडी जिल्लालाई तराईसँग अलग गरेर चार नम्बर प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेपछि आन्दोलनमा रक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले भाँजो हाल्न थालेका छन् । खाँणकै निर्देशनमा कांग्रेस रूपन्देहीले एमालेद्वारा सञ्चालित आन्दोलन भन्दै सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ ।

१७ गतेको प्रदेशस्तरीय सर्वदलीय भेलामा रक्षामन्त्रीका भाइ एवं रूपन्देही कांग्रेस सचिव रामकृष्ण खाँणले स्वागत भाषण गरेका थिए । जब कि भेलाको अघिल्लो साँझसम्म रामकृष्णले एमालेको भेला भन्दै टिप्पणी गरेका थिए । विशाल सभाको सभापतित्व कांग्रेस गुल्मीका सभापति एवं संयुक्त आन्दोलन संयोजन समितिका संयोजक भुवन श्रेष्ठले गरेका हुन् । यो सभामा एमाले नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी र कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीलगायतले संबोधन गरी दलभन्दा माथि उठेर प्रदेश जोगाउन होइन, मुलुक विखण्डनविरुद्ध एकजुट हुन आह्वान गरेका थिए । आफ्नो क्षेत्रमा चन्द्र भण्डारीले अड्डा जमाउन थालेको भन्दै अहिले उनी भण्डारीलाई सिध्याउने तानाबाना बुन्न थालेको निकटवर्ती बताउँछन् ।

अब्दुल रज्जाकले एमाले नेतृत्वको आन्दोलनमा सहभागी नहुन पार्टी पंक्तिलाई दिएको निर्देशनलाई कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले जनताप्रतिको अपमान भन्दै आक्रोश पोखेका छन् । जनताको भावना बुझ्न नसक्ने नेता र पार्टी इतिहासमा बिलाएका धेरै उदाहरण भएको सबैले बुझ्न आवश्यक भएको उनको भनाइ छ ।

शनिबार एमालेले आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउनेबारे राखेको सर्वदलीय बैठकमा कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेता आन्दोलनमा सहभागिताबारे पछि सल्लाह गर्ने भन्दै बाहिरिएका थिए ।

राप्ती र लुम्बिनीका सबै पहाडी जिल्लाको सम्बन्ध तराईसँग भए पनि प्रस्तावित चार नम्बर प्रदेशमा जानुपर्दाको सबैभन्दा ठूलो पीडा रुकुम, रोल्पा र प्युठानलाई परेको छ । त्यसो त गुल्मी र पाल्पा पूर्व गण्डकीले सांस्कृतिक र सामाजिक रूपमा सम्बन्ध फरक बनाएको छ ।
कांग्रेस रोल्पाका सभापति अमर पुनका अनुसार भौगोलिक हिसाबले दाङ र बुटवल आउन उनीहरूका लागि जति सहज छ, चार नम्बर प्रदेशको प्रस्तावित केन्द्र पोखरा जान उत्तिकै अपायक र असहज । काठमाडौं जान रोल्पा र रुकुमका बासिन्दालाई सहज छ, पोखरा जोडिन सक्ने आधार नै छैन ।

यही अप्ठ्यारोले गर्दा माओवादी केन्द्रले जातीय क्लष्टर मगरात र तमुवान मिलाउन खोजेको बताए पनि रोल्पाली जनता मान्न तयार देखिएनन् । ‘जहाँबाट माओवादीले जनयुद्ध शुरुवात ग¥यो, त्यहीँबाट बढारिने संकेत देखिएको छ’ – राजनैतिक विश्लेषक डा. माधव पन्थी भन्छन् । केही दिनअघि रोल्पा पुगेका अर्थमन्त्री कृष्णबहादुर महरा प्युठान हँुदै फर्कन खोज्दा आन्दोलनकारीको निशानामा परे । रोल्पातिरै फर्कन बाध्य भएपछि होलेरीको बाटो हँुदै दाङ झरेका हुन् ।

टिप्पणीहरू