बालिका बलात्कारीको बिगबिगी

बालिका बलात्कारीको बिगबिगी

निषेधाज्ञा र महामारीको समयमा पनि बालिका,किशोरी र महिलामाथिको यौन दुर्ब्यवहार झन् बढेको छ । त्यहि क्रममा सुनसरी र तेह्रथुममा दुई जना करणी अभियोगमा पक्राउ परेका छन् ।

सुनसरीमा १५ वर्षीया किशोरीलाई मोरङ,सुन्दरहरैचा नगरपालिका–६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठले जबरजस्ती करणी गरेका थिए । किशोरीलाई आइतबार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय, इटहरीबाट खटिएको प्रहरी टोलीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको छ ।

उता तेह्रथुममा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–१ डङडगे बस्ने ५० वर्षीय साङगे शेर्पा (फुर्वा) पक्राउ परेका छन् । शेर्पाले ती बालिकालाई सोमबार बारीमा घाँस काट्ने क्रममा ललाई फकाई खाना खान जाऊँ भनी घरमा लगेर जबरजस्ती करणी गरेका थिए ।

दुबै अभियुक्तमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू