महिलाले महिलाको शरिर बेच्न बाध्य पारेपछि….

महिलाले महिलाको शरिर बेच्न बाध्य पारेपछि….

कास्कीमा मानव बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१०,रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र कास्कीको रुपा गाउँपालिका–१०, हंसपुर घर भएकी ४० वर्षीय आईतीमाया गुरुङ रहेका छन् ।

उनीहरूले पीडित महिलालाई विभिन्न प्रलोभनमा पोखराको रामबजारस्थित एक होटलमा राम्रो काममा लगाइदिन्छु भन्दै पहिले खाजा नास्ता वितरणको काममा लगाएका थिए ।

एक दुई दिनपछि खाजा घरमा आउने व्यक्तिहरूसँग खाजाघर सञ्चालकले पैसा लिने र महिलालाई डर, धाक र धम्कीमा जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाएको तथ्य बाहिरिएपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

उनीहरूमाथि मानव वेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरअन्तर्गत जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

टिप्पणीहरू