डरै नमानी गाई काट्न थाले

चितवनमा गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कालिका नगरपालिका–१, सूर्यपुरस्थित सुन्दरबस्तीमा गाई काट्दै गरेको अवस्थामा एक महिलासहित दुई किशोरलाई प्रहरीले हिजो समातेको हो ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षका दुई जना किशोर रहेका छन् । उनीहरूलाई पदमपुरको प्रहरी बिटबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।

टिप्पणीहरू