अबैध धन्दामा एकपछि अरु चिनियाँ पक्राउ

अबैध धन्दामा एकपछि अरु चिनियाँ पक्राउ

जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिक गए राति ठमेलबाट समातिएका छन् । ठमेलको जेपी मोडस्थित सियो सियाङ होटलमा तास खेलिरहेका उनीहरुलाई प्रहरीले राति १० बजे पक्रेको हो ।

होटलमा चिनियाँहरुले ठूलो रकम हारजित हुनेगरी जुवातास खेल्ने र खेलाउने भइरहेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चिनियाँ नागरिक ह सियाओलोङले सञ्चालन गरेको उक्त होटलबाट उनीहरु पाँचै जनालाई पक्राउ गरेको हो ।

ठमेलमा बस्दै आएका उनीहरुमध्ये राहदानी नं. इ ९९८३३१२३ का होटल सञ्चालक ह सियाओलोङ, राहदानी नं. ईडी ५०८८२१७ का छुआन सिन्,राहदानी नं. इ०९२३६८०२ भएका हु वेनपिन, राहदानी नं. इसी ३४५४९८४ भएका ह फुयु र र लि स्याओ थोङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक लाख २३ हजार नेपाली रुपैयाँ,जुवातास खेल्न प्रयोग गरिएको विद्युतीय टेबल, जुवातासमा प्रयोग हुने चिनियाँ भाषामा माज्याङ भनिने प्लाष्टिकको गोटी २ सय १० थान, खोलिएको रातो रंगको तास १ सय ६० पत्ता, २१० लेखिएको चिनियाँ लामो तास १ डब्बा, २२८ लेखिएको चिनियाँ लामो तास १ डब्बा र खुल्ला अवस्थामा रहेको चिनियाँ लामो तास ७० पत्ता समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू