आफै चढेको बोलेरोले पेल्दा नेपालीको प्राणान्त

आफै चढेको बोलेरोले पेल्दा नेपालीको प्राणान्त

आफै चढेको बोलेरो गाडीको टायरले पेलेपछि एक जना युवकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा उदयपुर ताप्ली गाउपालिका वडा नं. ५ डुढेका २५ वर्षीय रमेश नेपाली हुन् । कटारीबाट रुपाटारतर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्बरको बोलेरो गाडी उकालो चढ्न नसकी चिप्लेर ब्याक हुँदा गाडीमा सवार नेपाली ओर्लिने क्रममा सोही गाडीको टायरले किचेको थियो ।

कम्मरदेखि मुनिको भागमा टायरले पेलेर घाइते भएका नेपालीलाई उपचारको लागि तत्काल कटारी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

उनको लास कटारी अस्पतालमा रहेको छ भने गाडी घट्ना स्थलमै छ । चालक फरार रहेकोले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू