फेवातालमाथि फेरि फसाद

फेवातालमाथि फेरि फसाद

फेवातालमा ढुंगा,गिटी र गेग्रान जान रोक्नका लागि बनाइएको चेकड्याम बाढीले बगाएको छ । पोखरा २३ स्थित हर्पनखोलामा पोखरा महानगरपालिकाले बनाएको सिल्टेसन ड्याम फेरि बाढीले बगाएको हो ।

फेवातालको प्रमुख स्रोत खोलामा २८ करोड १६ लाख रुपैयाँको लागतसहित ड्याम बनेको थियो । खड्का कृष्ण/पि.के जेभी दाङले ड्याम निर्माणको ठेक्का लिएको थियो ।

निर्माण थालेको २ महिना नबित्दै सामान्य हातले छुँदा पनि भत्किन शुरु गरेपछि ड्याम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका थिए । पछि यसको पुष्टि गण्डकी प्रदेशको अध्ययनले पनि गरेको थियो ।

सेल्टिेसन ड्यामबाट २४ वर्षसम्मलाई नदीजन्य पदार्थ बेच्ने अधिकार ‘फेवा सिल्ट्रेसन प्राली’ नामक निजी कम्पनीलाई दिने निर्णय गरिएको हो ।

टिप्पणीहरू