अमेरिकामा कोरोनाको असर,मास्क नलगाउँदा उडान स्थगित

अमेरिकामा कोरोनाको असर,मास्क नलगाउँदा उडान स्थगित

अमेरिकामा ३० जना किशोर किशोरीले मास्क लगाउन अस्वीकार गरेपछि एउटा उडान रोकिएको छ । उत्तर क्यारोलाइनाबाट बहामासको लागि उड्न ठिक्क परेको अमेरिकन एयरलाइन्सको जहाज एकाएक रोकिएको हो ।

प्रारम्भमा विमानमा प्राविधिक गडबडी देखिएको भन्दै उडान केही घण्टा ढिलो भएको थियो । तर प्राविधिकरुपमा उड्न ठिक्क परेपछि विमानमा रहेका ३० जना ‘टिनएजर्स’ ले मास्क लगाउन मानेनन् ,यसैमा चालक दल र यात्रुबीच निकै बेरसम्म गलफत्ती पर्यो ।

ती सबै किशोर किशोरी बोस्टनको एउटा उच्चस्कूलका विद्यार्थी हुन् । उनीहरु आफ्नो ग्राजुएसन ट्रिपको लागि त्यता जान लागेका थिए ।

मास्क लगाउन नमानेपछि अमेरिकन एअरलाइन्सको उडान नम्बर ८९३ लाई चालकहरुले ग्राउण्डेड गरिदिएका थिए । जसका कारण किशोर किशोरीहरु सार्लोट डग्लस अन्तर्राष्ट्रिय एयरपोर्टमा रात बिताउन बाध्य भए ।

भोलिपल्ट मास्क लगाउन सहमत भएपछि विमान कम्पनीले बल्ल उनीहरुलाई बहमास लगेको हो । अमेरिकामा कोभिड १९ रोकथामको निम्ति अझै पनि कतिपय सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । त्यसमध्ये हवाई यात्राको निम्ति सबैजसो विमान कम्पनीले मास्कलाई अनिवार्य गरेका हुन् ।

टिप्पणीहरू