शिक्षक र कर्मचारीले भोलि धर्ना दिने

शिक्षक र कर्मचारीले भोलि धर्ना दिने

कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित शैक्षिक क्षेत्र अहिले आन्दोलित बनेको छ । कोरोना विरुद्धको खोपलगायतका विषयमा शिक्षक तथा कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

महामारीको बेला अग्रपंक्तिमा खटिएर काम गर्ने सबैले खोप पाउँदा आफूहरुले खोप लगाउन नपाएको, तलब नपाएको र सबैक्षेत्र खुल्दा विद्यालय नखुलेको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित बनेको एनप्याब्सनका महासचिव सुवास न्यौपानेले बताउनुभएको छ ।

न्यौपानेका अनुसार सामुदायिक र संस्थागत दुबै विद्यालयका शिक्षक तथा कर्मचारी आन्दोलित छन् । पार्टीगत निकटता रहेका करिब ५ प्रतिशत शिक्षकले खोप पाउँदा अन्य ९५ प्रतिशत शिक्षक तथा कर्मचारीले खोप नपाउनु लाजमर्दो विषय बनेको आन्दोलनकारी शिक्षकहरुले बताएका छन् ।

उनीहरुले भोलि ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा बिहान १० देखि दिउँसो १ बजेसम्म धर्ना दिन लागेका हुन् ।
उनीहरुले धर्नाको क्रममा प्रयोग हुने ब्यानरको समेत नमूना तोकेका छन् । ब्यानर कालो कपडामा सेतो अक्षर लेख्नुपर्ने भनिएको छ ।

टिप्पणीहरू