बिद्युतका कर्मचारीलाई बिध्युतले बिगार्यो

बिद्युतका कर्मचारीलाई बिध्युतले बिगार्यो

झापा बिर्तामोड नगरपालिका ४ जात्रुबाडीका ६१ बर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ ।

उनलाई सोही नगरपालिका ८ बाह्रबिघेका रामकुमारी दर्जीको घरमा मीटर जडान गर्दा करेन्ट लागेको हो । करेन्ट लागेपछि उनी भुईमा लड्दा टाउकोमा चोट लागेको थियो ।

टाउकोमा घाउ लागेका भट्टराईलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउँदा मृत्यु भएको हो ।

उनी अनारमनीस्थित बितरण केन्द्रमा कार्यरत कर्मचारी थिए । घटनासम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू